समाचार

यूएन पार्कबाट नक्कली प्रमाणपत्र बनाउने पक्राउ

विभिन्न निकायका सिफारिश र प्रमाणित गरिएका नक्कली कागजात तथा प्रमाणपत्रहरु बनाउने कार्यमा संलग्न रहेको एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ

कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।

केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button