राजनीति

अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट, प्रधामन्त्रीले दिनुभयो यस्तो निर्देशन

सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।”

उहाँले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.