धनराजमाथि १५ करोड ठगीको उजुरी, रास्वपाद्वारा छानबिनको माग (भिडियोसहित)
तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम ठगी गरेको भन्दै समाचारपत्रहरुमा आएपछि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद नै अबरोध गर्यो ।
कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै चर्को बिरोध गरेपछि संसदीय समिति बन्यो र उसले छानबिन अन्तिम चरणमा पुर्याएको छ । रविको मुद्दा नसेलाउँदै कांग्रेस उपसभापति धनराज गुरुङले १५ करोड रुपैयाँ अपचलन गरेको समाचार सार्वजनिक भएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद गणेश पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले करिब १५ करोड रकम हिनामिना धनराज गुरुङले अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएको जानकारी गराउँदै अब कांग्रेसले यसमा के गर्छ भन्दै प्रश्न गर्नुभएको छ ।
सांसद पराजुलीले भन्नुभयो, करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेको गुरुङ र उनकी श्रीमतीविरुद्ध उजुरी परेको छ । अब माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ? छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने ?
बाँकी यो भिडियोमा
प्रतिक्रिया राख्नुहोस्