जन सरोकार

असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसके, अब संयमित बनौं : डा. रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आन्दोलनरत जेनजीलाई सरकार ढलिसकेकाले संयमित भएर देश जोगाउनन र बनाउन अघि बढ्न आव्हान गर्नुभएको छ ।

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

देशभर व्यापक आगजनी भएपछि सामाजिक सञ्जालमार्फत डा. रुइतले तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै सो आव्हान गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ ।”

“यस्तो अवस्थामा सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौं । सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.