राजनीति
अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, जेनजी प्लिज घर फर्कनुहोस् : बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले यस्तो आग्रह गर्नुभएको हो ।
बालेनले भन्नुभएको छ, ‘प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।
यसअघि मंगलबारै बालेनले जेनजी आन्दोलनकारीलाई संयमित हुन र आवश्यक परे सेना प्रमुखसंग वार्ताका लागि तयार रहन आग्रह गर्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्