राजनीति

बालुवाटार छाडेपछि पत्नीसहित कहाँ गए ओली ?

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छोड्नु भएको छ । बालुवाटार छोडेपछि ओली आफ्नो पत्नीसहित काठमाडौंको बुढानीलकण्ठ नगरपालिकास्थित शिवपुरी ब्यारेकमा स्थानान्तरण भएका छन् ।

उहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत शिवपुरी ब्यारेकमा पुग्नुभएको हो । राजीनामापछि उहाँले सुरक्षा कारणले बालुवाटार छाडेर शिवपुरी ब्यारेकमा शरण लिएको सुरक्षा स्रोतले बताएको छ ।

राजीनामाको केही समयपछि बालुवाटारमा आगजनी र तोडफोड भएको थियो । जेनजी प्रदर्शनले उग्ररुप लिएपछि ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.