जल/वातावरण

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै ५० हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म मृतक ३१७ जनामा कोरोना पुष्टि भएको छ । २१ जनाको विभिन्न अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ८ लाख १० हजार बढीको पिसिआर परीक्षण भएको छ ।

सम्बन्धित खबर

Back to top button