रिपोर्टर्स क्लब नेपालले पेरिस प्यारालम्पिक तेक्वान्दोमा काश्यपदक विजेता पलेशा गोबर्धनलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ ।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गर्नुभयो । त्यसैगरी, कोच कविराज नेगी र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ । कोच नेगीलाई २५ हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो ।
व्यवस्थापक श्रेष्ठलाई विशेष सम्मानसहित अभिनन्दन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्