“ममाथि प्रश्न उठ्यो, राजीनामा दिएँ, उपसभामुखले पनि राजीनामा दिनु राम्रो” (भिडियो)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुख इन्दिरा रानामाथि संसद्मा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उहाँले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको विषयमा सदनमा पटक–पटक प्रश्न उठेकाले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउनुभयो ।
सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजनीतिकर्मीमा त्यत्तिको साहस हुनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “राजीनामा गरेर छानबिनमा सहयोग गरेमा के फरक पर्छ ? प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन । व्यक्तिको पदीय दायित्व र आचारणमाथि प्रश्न उठिसकेपछि त्यसलाई गलत प्रमाणित गर्न सक्नुपर्छ, सबैका निम्ति पारदर्शिता अपनाउन राजीनामा दिएर सहयोग गरे उपयुक्त हुन्छ ।”
प्रतिक्रिया राख्नुहोस्