क्रिकेटखेल

रोहित र सन्दीप नायक बन्दा पपुवा न्यू गिनीमाथि १५१ रनको सानदार जित

ओमानमा सम्पन्न दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई १५१ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसंगै दुबै खेल नेपालले आफ्नो पक्षमा पारेको छ ।

नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्यू गिनीका ब्याटसम्यानहरु सन्दीप लामिछानेको घातक बलिङका सामु टिक्न नसकेका लगातार पेभेलियन फर्किदा १९.१ ओभरमा जम्मा ८२ रन मात्र बनाएर अलआउट भयो ।

खेलमा सन्दीप लामिछाने एक्लैको नाममा ६ विकेट रह्यो भने सोमपाल कामी, विक्रम सोब र सुसन भारीले १-१ विकेट तथा एकजना रनआउट भएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकास्नुभयो ।

पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिनुभयो । सो क्रममा उहाँले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हान्नुभयो । यस्तै केसीले २६ बलमा ४२ रन बनाउनुभयो । यसमा उहाँको चार छक्का र दुई चौका सामेल थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाउनुभयो ।

बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नरमन भानुआले दुई/दुई तथा चाल्र्स अमिनीले एक विकेट लिनुभयो । यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।

नेपालले पीएनजीसँगको यी दुई खेल आईसीसी विश्वकप लिग २ को तयारीका लागि खेलेको हो । लिग २ मा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो खेल सोमबार अमेरिकाविरुद्ध खेल्दै छ ।

पपुवा न्युगिनीविरुद्ध रोहितको अद्र्धशतक

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.