जापानसमाचारसाहित्य

साहित्यिक चौतारी नेपाल जापान शाखाको तिज विशेष कार्यक्रम सम्पन्न

साहित्यिक चौतारी नेपाल जापान शाखाले तिज विशेष कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । सेप्टेम्वर ९ तारिक विहिबारआयोजित कार्यक्रममा तिज विशेष गीत, कविता लगायतका साहित्यिक सामाग्री प्रस्तुत गरिएको थियो ।

साहित्यिक चौतारी नेपाल जापान शाखाका अध्यक्ष विन्दा पराजुली बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ हरिदेवी कोइराला हुनुहुन्थ्यो । यस्तै विशिष्ट अतिथिमा डा. जानुका पौडेल नेपाल सहभागि रहनुभएको थियो ।

संस्थाकी जापान शाखा उपाध्यक्ष सरिता ढकालले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मनत्व्य सुजाता शर्माले गर्नु भएको थियो। साहित्य चौतारी नेपालको इजरायल शाखाबाट अध्यक्ष नविन यात्रीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा करिव तीन घण्टा संचालन भएको थियो ।

नेपाल र जापानबाट साहित्यिक व्यक्तित्वको सहभागिता रहेको कार्यक्रमा प्रमुख अतिथि हरिदेवीबाट गीत प्रस्तुत हुदा कार्यक्रममा छुट्टै रौनक थपिएको थियो। विशिष्ट अतिथिबाट तिजको प्रचलन र महत्व माथि प्रकाश पार्नुभयो। कार्यक्रममा तिज विशेष रचना र गीतले लगभग ३ घन्टा सम्म कार्यक्रम गुञ्जायमान भएको थियो।

शुभकामना दिनुहुनेहरूमा प्रभा नेपाल,गीता राउत बुढाथोकी, गैरआवसीय नेपाली सघकी पूर्ववरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्, गैरआवासीय नेपाली सघ महिला उपाध्यक्ष सङ्गीता अधिकारी सुवेदी र सुलोचना बडालबाट तिजको शुभकामना व्यक्त गर्नुंभएको थियो ।

सोही कार्यक्रममा वरिष्ठ लोक गायिका एवं गजलकार सावित्री गिरी,सविता बराल, छन्दकवि सबिता बराल र विमुन्स पौडेलबाट छन्दमा दोहोरी चलेको थियो । पौडेल विमुन्स, कल्पना भट्टराई, ओमकुमारी बन्जारा,सुनिता बराल, सुन्दरी घिमिरे खतिबडा, कविता केशरी,रिता पाठक दाहाल, गीता भण्डारी निरौला, भगवती दवाडी, शान्ति सिग्देल, गृष्मा पौडेल, सिर्जना सरोवर,शोभा दाहाल बराल, सविना रेग्मी, गायिका सोना केसी, लोकगायिका कमला न्यौपाने, गायिका गङ्गा सुवेदी,मनकुमारी अंमागाई, शुषमा पोख्रेल समेतले गीत र तिज विशेष रचना बाचन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.