राजनीति

प्रधानमन्त्री ओलीलाई बालेनको कटाक्ष – ‘उहिले मरिन् सासू, अहिले आए आँसु’

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाउनुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले तीन वर्षअघि नै सर्वोच्च अदालतले गरेको फैसलामाथि अहिले आएर प्रश्न उठाएको भन्दै प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाउनुभएको हो ।

मेयर शाहले सर्वोच्च अदालतले तीन वर्ष अगाडि नै गरेको फैसलालाई लिएर अहिले तातेको भन्दै ओलीमाथि आलोचना गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ – ‘उहिलै मरिन् सासु, अहिले आए आँसु, यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण ।’

मेयर शाहले तीन बर्ष अगाडि न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न दिएको सन्दर्भको विषय फेसबुकमा उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेख्नुभएको छ , ‘हामीले खोज्ने जवाफ यति हो। त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो। त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्‍यो, अहिले हाम्रो दाउ अर्कै छ। उहिल्यै मरिन् सासू, अहिले आए आँसु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।’

उहाँले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गर्नसमेत आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.