राजनीति

सबै जल्दा, अब बाँकी रहेको संविधान र नेपाल जल्नु भएन : रामहरि खतिवडा

संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने बताउनुभएको छ । खतिवडाले सामाजिक सञ्जालमार्फत अब देशमा भएको संविधान र नेपाल जल्न नदिन सबै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

सभापति खतिवडा

खतिवडाले संविधानको दायराभित्र रहेर सरकार निर्माण गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

खतिवडाले भन्नुभएको छ, ‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस् ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.