अर्थ

विश्व बैंकको अध्ययनले भन्छ- नेपालमा १० वर्षमा ४० लाखले रोजगारी पाए

नेपालमा रोजगारीको अवसर छैन, रोजगारीकै लागि युवाहरुलाई विदेश जानुपर्ने बाध्यता छ भन्ने गरिए पनि एक अध्ययनले भने त्यसको ठीक विपरीत तथ्यांक देखाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको देखाइएको छ ।

बैंकले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक दशकमा मात्र नेपाली अर्थतन्त्रमा करिब ४० लाख नयाँ रोजगारी सिर्जना भएको देखाइएको छ । प्रतिवेदनमा निर्माण, उत्पादन वाणिज्य तथा यातायात क्षेत्र रोजगारीको मुख्य योगदानकर्ता रहेको देखिएको छ ।

कोरोना महामारीभन्दा पहिलेकै अवस्थामा आधारित भएर गरिएको यो अध्ययनमा त्यसै गरी कामका लागि काम मात्र नभएर यस अवधिमा रोजगारीको औसत गुणस्तरमा पनि उल्लेखनीय सुधार आएको उल्लेख छ ।

रोजगारी सिर्जनाा र गुणस्तर वृद्धिमा नेपालको अर्थतन्त्रमा मुख्य योगदान रहेको निर्वाहमुखी कृषिबाट औद्योगिक तथा सेवामूलक क्षेत्रतर्फ सर्दै जाँदा रोजगारीका अवसर पनि बढ्दो हुन पुगेको देखाइएको छ ।

त्यस्तै अनौपचारिक क्षेत्र, दैनिक ज्यालादारीको क्षेत्र, परम्परागत कृषि तथा पशुपालनभन्दा तुलनात्मक रूपले श्रमिकका लागि आकर्षक मानिएका छन् । समग्र रोजगारीमा सुधार देखिए पनि दैनिक ज्यालादारीका काममा भने दिगोपनको अभाव देखिएको प्रतिवेदनले औँल्याएको छ ।

यस्तै सबै श्रम आकाङ्क्षीले रोजगारीको क्षेत्रमा पहुँच स्थापित गर्न भने समस्या भोगिरहेको प्रतिवेदनमा उल्लेख छ । रोजगारीको क्षेत्रमा देखिएका परिवर्तनका सङ्केत महिलाका लागि भने अझै उपयोगी बन्न नसकेको देखाइएको छ ।

विश्व बैङ्कको वरिष्ठ अर्थविद् एलिजावेथ ब्लुमरका अनुसार बढ्दो सहरीकरणले पनि नेपालमा रोजगारी बजारमा सकारात्मक योगदान पुगेको छ । सन् १९९८ को श्रम सर्वेक्षणदेखि दुई वर्ष पहिलेको आर्थिक गणनालगायतका सामग्रीसमेतको अध्ययनबाट निकालिएको निष्कर्षमा नेपाली श्रम बजारका मुख्य चुनौतीसमेत औँल्याइएको छ ।

नेपालको भूबनोट अप्ठ्यारो हुनु, रोजगारी अनौपचारिक क्षेत्रमा, कम उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुँदै जानु तथा उद्यम–व्यवसाय गर्नेले पनि सानो र स्थानीय बजार मात्र हेर्ने र ठूलो बजारमा पहुँच स्थापित गर्न समस्या हुनुले रोजगारीको क्षेत्र अझै विस्तारित हुन नपुगेको औँल्याइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.