जन सरोकारस्वास्थ्य

किन हुन्छ खोप लगाए पनि पटकपटक संक्रमण ?

नेपालमा कोरोना भाइरस संक्रमणको दर दैनिक रुपमा कम हुँदै गैरहेको छ । यो आर्थिक सामाजिक गतिविधि चलायमान हुन थालेका छन् । देशका विभिन्न जिल्लाहरुमा विद्यालय खुल्न सुरु भएका छन् भने राजधानी लगायत ठूला शहरहरुमा यसअघि प्रतिबन्धित भएका क्षेत्रहरु पनि खुल्न थालेका छन् ।

कोरोना संक्रमणदर निकै घट्दै गएको र सक्रिय संक्रमितको संख्या ३० प्रतिशतभन्दा कम हुँदै गएपछि एउटा उत्साह त पलाएको छ तर सचेत हुन सकिएन भने तेस्रो लहरलाई हामी आफैंले निम्त्याउने छौं ।

१ करोड १० लाख ले कोरोनाबिरुद्धको खोप लगाएको र ५० लाखभन्दा बढीले पूर्ण मात्राकोा खोप लगाइसकेका कारण पनि संक्रमण कम हुन सघाउ पुग्यो तर पूर्ण खोप लगाएकाहरु पनिन संक्रमित भएर बिरामी भएका खबरहरुलाई हामीले नजरअन्दाज गर्नु हुँदैन ।

खोप लगाए पनि सचेतता अपनाइएन भने पटकपक संक्रमण हुने देखिएको छ । तसर्थ कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन् । नेपालमा विभिन्न किसिमका भेरियन्ट फैलिरहेको हुनाले पनि पटक–पटक सङ्क्रमित हुनुपरेको चिकित्सकको भनाइ छ ।

चिकित्सकहरू ती व्यक्तिमा एन्टिबडी विकास नभइसकेको वा कम समयमात्र एन्टिबडी शरीरमा रहेको बताउँछन् । गएको वैशाख महिनामा डा. शान्ता पौडेललाई पहिलो पटक कोरोना पुष्टि भएको थियो । अस्पतालमा कार्यरत रहँदारहँदै कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखिएपछि डा. पौडेलले पीसीआर परीक्षण गराउनुभयो । पीसीआर पोजेटिभ देखिएपछि उहाँ होम आइसोलेसनमा बस्नुभयो । दुई साताको बसाइपछि डा. पौडेललाई कोरोना निको भयो ।

पहिलो पटक कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्नेजस्ता समस्या देखापरेको थियो । कोभिसिल्ड खोप लगाएका कारण आफूलाई अस्पताल भर्ना हुनुपर्ने गरी समस्या नभएको डा. पौडेलले जानकारी दिनुभयो । त्यसपछि उहाँलाई साउनको अन्तिम साता पुनः कोरोना पुष्टि भयो । होम आइसोलेसनमा १० दिन बसेपछि उहाँ अहिले नियमित अस्पताल जान थाल्नुभएको छ ।

यस्तै, आरोग्य प्रतिष्ठानमा कार्यरत एकजना नर्सलाई तेस्रो पटकसम्म कोरोना सङ्क्रमण पुष्टि भयो । उहाँलाई तेस्रो पटकसम्म कोरोना देखिएपछि आत्तिनुभयो । त्यसअघि उहाँले कसैलाई पनि तेसो पटक कोरोना भएको सुन्नुभएको थिएन । उहाँले तत्काल चिकित्सकलाई सोघ्नुभयो । चिकित्सकले यो सामान्य हो, सकभर आफैँ जोगिनुपर्छ भन्ने जवाफ पाएपछि उहाँ शान्त हुनुभयो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले कोरोना दुई वा तीन पटकसम्म देखिनु सामान्य भएको बताउनुहुन्छ । उहाँले अहिले पनि अस्पतालमा एकाध व्यक्ति सङ्क्रमण दोहोरिएका कारण अस्पताल आउने गरेको जानकारी दिँदै शरीरमा एन्टिबडी नभएको अवस्थामा पनि कोरोना दोहोरिन सक्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शरीरमा कुनै भाइरसविरुद्ध एन्टिबडी विकास भइसकेपछि शरीरलाई कोरोना भाइरसबाट जोगाउन सकिने बताउनुभयो । स्वास्थ्य मन्त्रालयले पटक–पटक कोरोना सङ्क्रमण हुन सक्छ भन्ने सन्देश दिएको जानकारी गराउँदै उहाँले दोस्रो वा तेस्रो पटकसम्म कोरोना देखिएको अवस्थामा नौलो कुरा नमान्न आग्रह गर्नुभयो ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोरोना पुनः सर्ने सम्भावना रहन्छ । दीर्घ तथा जटिल रोग भएका व्यक्तिलाई कोरोनाले पुनः सङ्क्रमण गर्न सक्ने भएकाले ती व्यक्तिले उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.