राजनीति

सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा, होला मन्त्रिपरिषद् विस्तार

नयाँ सरकार गठन भएको दुई महिना भैसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा हाल चार मन्त्री र एक राज्यमन्त्री हुनुहुन्छ ।

पटकपटक सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भए पनि सरकारले पूर्णता पाउन सकेको छैन । यसबीचमा आइतबार मन्त्रिमण्डल लगायतका विषयमा नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता बस्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यस्तै नेकपा (एमाले)ले अवरोध गर्दै आएको संसद्लाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ ।

छलफलमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button