बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून भएको छ । नेकपा एमाले विभाजनअघि माधवनेपाल समूह छाडेर एमालेमै फर्किएपछि शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो ।

एमालेको स्पष्ट बहुमत रहेको बागमती प्रदेशमा पार्टी विभाजनपछि १३ जना प्रदेशसभा सदस्य माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीमा गएपछि शाक्लाई सो पार्टीले समर्थन नगर्ने बताएको छ ।
आइतबार बसेको समाजवादी संसदीय दलकोाबैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई दिने निर्णय गरेको छ ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र कायम भएको छ ।
अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्छ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने पाँचदलीय गठबन्धनको तयारी छ । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्