जापान

नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति : एनआरएनए जापान

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा हाल प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएको छ ।

एनआरएनए जापानले मंगलबार एक शोक वक्तव्य जारी गरी नेम्वाङको असामयिक निधनको खबरले जापानबासी नेपालीलाई मर्माहत बनाएको बताउँदै उहाँको राजनीतिक योगदान सदा स्मरणीय रहने जनाएको छ ।

शोक वक्तव्यमा शालीन व्यक्तित्वको रूपमा आफ्नो छवि बनाउनु भएका दिवङ्गत नेम्वाङले नेपालको सविधान निर्माण गर्न र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याउनु भएको योगदान अतुलनीय रहेको जनाउँदै एनआरएनए जापानले दिवङ्गत नेम्वाङप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

वक्तव्यमा भनिएको छ, “नेपालको संविधान २०७२ मार्फत गैरआवासीय नेपालीहरुको हक हित स्थापित गर्नका निम्ति उहाँले निर्वाह गरेको भूमिका हामी सदा स्मरण गरिरहने छ ।”

एनआरएनएले दिवङ्गत नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको महशुस भएकोजनाउँदै यस दुःखद घडीमा शोकसन्तप्त सबैमा धैर्यधारण गर्ने क्षमता प्रदान होस भन्ने कामना गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.