सिटिइभिटी सम्बन्धी गुनासा जानकारी गराउन शिक्षा मन्त्री भट्टराईको अपिल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सिटिइभिटीका सम्बन्धमा भएका गुनासा तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।
बिहीवार सामाजिक सन्जाल फेसबूकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले सिटिईभिटीसंग सम्बन्धित सम्बन्धन, परीक्षा, प्रमाणपत्र लगायतका काममा ढिलाई गरे इमेल तथा फोनबाट गुनासो गर्न अनुरोध गर्नुभएको हो ।
मन्त्री भट्टराईले सो कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाइ गरेको र लेनदेन समेत गर्ने गरेको गुनासा प्राप्त भएकोले यदि कोही कसैबाट यस्तो भएको भए सप्रमाण मन्त्रालयमा जानकारी गराइदिन अनुरोध गर्नुभएको छ ।
मन्त्री भट्टराईले त्यस्तो गुनासो आफ्नो सचिवालयको इमेल [email protected] वा सिधै फोनन नं. ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा सम्पर्क गरेर जानकारी दिन सेवाग्राही सहित आम जन समुदायलाई आग्रह गर्नुभएको छ।





प्रतिक्रिया राख्नुहोस्