जल/वातावरण

काठमाडौं उपत्यकामा संक्रमित र मृतकको संख्या थपिंदै

व्यापार व्यवसाय ठप्प भएका कारण कोरोना महामारीको पर्वाह नगरी उपत्यकाको जनजीवन सामान्य बन्दै गएका बेला संक्रमणको भयावह अरु बढेको छ । हरेक दिन संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

काडमाढौं उपत्यकामा भदौ २४ गतेदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । शनिबार साँझसम्म काठमाडौँ उपत्यकाका पाँच जनाको मृत्यु भएको छ । काठमाडौँका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै देशभर थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ३६ पुगेको छ । शनिबार साँझसम्म काठमाडौँ उपत्यकामा थप ४ सय ३१ सहित एक हजार दुई सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या १५ हजार दुई सय ६० रहेको जानकारी दिनुभयो । हालसम्म नेपालमा जम्मा सङ््क्रमित ५३ हजार २२० छन् । आज विभिन्न जिल्लामा गरी ८५२ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३७ हजार ५२४ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ७०.६ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमूना परीक्षण भएका थिए । हालसम्म आठ लाख ३१ हजार ३६१ नमूना परीक्षण भइसकेका छन् । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ३५४ छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये नौ हजार १०७ संस्थागत आइसोलेशन र छ हजार १५३ होम आइसोलेशनमा छन् । देशभर १६० सङ्क्रमित सघन उपचार कक्षमा उपचाररत छन् भने २४ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

सात जिल्लामा सङ्क्रमित छ सयभन्दा बढी छन् भने सात जिल्ला शून्य छन् । पाँच सय भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, ग्यादी र हुम्ला छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.