जोसंग विवाद हो उहीसंग बैठक बसेर निकास निस्कन्छ ?
माधवकुमार नेपाल आउने भए एमालेले सर्वदलीय बैठक वहिष्कार गर्ने
माधवकुमार नेपालसहितका नेताहरुलाई आफूले गरेको कारबाही कार्यान्वयन हुनुपर्ने माग राखी निरन्तर संसद अबरुद्ध गर्दैआएका नेकपा एमालेले आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा नेपालको पनि उपस्थिपति हुने भएपछि वहिष्कार गर्ने भएको छ ।

एमालेले अहिलेको विवाद नै एमाले र माधवकुमार नेपालको भएकाले दुनियाँलाई बोलाएर के निकास निस्कछ र भन्दै संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाव दिएको छ ।
बैठकका विषयमा चासो राख्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी को को नेताको बैठक बस्ने भन्ने जानकारी लिंदा संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिएपछि माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताउनुभएको हो ।
तर, सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिनुभएको छ । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामखुलाई सूचना दिएको थियो ।
२ भदौमा माधव नेपालको नयाँ पार्टी दर्ता भयो, जसले ९ भदौमा मान्यता पाएपछि मात्र सभामखुले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नु नपर्ने बताउनुभएको थियो ।
कारबाहीको सूचनालाई प्रक्रियामै नराखी बस्नुभएका सभामुख सापकोटाले माधव नेपालको पार्टी दर्तापछि मात्र कारबाही गर्नु नपर्ने जानकारी दिएपछि आफ्नो दल फुटाउने षड्यन्त्रमा सभामुखसमेत प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै भदौ २३ गतेदेखि सुरु भएको संसद अधिवेशनमा नाराबाजी गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्