एसिया प्यासिफिक उपसंयोजकमा टंक गैरेको उम्मेदवारी
फुकुओका निवासी व्यवसायी टंक गैरेले गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी एसिया प्यासिफिक उपसंयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

एनआरएनए मार्फत विदेशमा रहेका नेपालीहरुलाई नेपालको सम्वृद्धिका लागि पृथक रूपमा आकर्षित गर्ने र संस्थामा रहेका विसंगति र विकृति हटाउने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक (डिआरसी)मा गैरेले उम्मेदवारी घोषणा गर्दै अभियानमा निरन्तर लागि पर्ने बताउनुभयो ।
जापानका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा क्रियाशील गैरेले विदेशमा सिकेको ज्ञान, सिप, प्रविधि र पूँजीलाई नेपालको विकासमा सही रूपले कार्यान्वयनका लागि पहल गर्ने पनि बताउनुभएको छ ।
एनआरएनए जापानको उपाध्यक्ष, एनआरएनए आईसीसीको सदस्य रहि जिम्मेवारी निभाई सकेका गैरे गत एनआरएनएको निर्वाचनमा उप संयोजक (डिआरसी) पदमा पराजित हुनुभएको थियो ।
एनआरएनए अभियानमा निरन्तर रूपमा सक्रिय रहन आफू सो पदका लागि योग्य रहेको ठहर गर्दै उम्मेदवारी दिएको गैरेको दाबी छ ।
प्रतिक्रिया राख्नुहोस्