जल/वातावरण

सोमबार थपिए ११ सय ७० संक्रमित : १५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसका एक हजार १ सय ७० जना सङ्क्रमित थपिएका छन् । त्यसै गरी पछिल्लो चौबीस घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३ सय ६० पुगेको छ ।

मृत्यु हुनेमा ८ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसै गरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५५ हजार ३ सय २९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकहजार ८ सय ७९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१।५ प्रतिशत रहेको छ

होम आइसोलेसनमा सातहजार २७५ सहित कुल १५ हजार ३६० पुगेको छ । सकृय सङ्क्रमितहरू १५ हजार ३९३ रहेका छन् । क्वारेन्टिनमा छ हजार ८९२ रहेका छन् ।

सम्बन्धित खबर

Back to top button