प्रबास

ओहायोमा आगलागी एकैघरका पाँचजना नेपाली भाषीको मृत्यु

विजय थापा । अमेरिकाको ओहायो राज्यको आक्रन शहरमा भएको आगजनीबाट एकै परिवारका ५ जना नेपाली नेपालीभाषी भुटानीको मृत्यु भएको छ । सेप्टेम्बर १३ सोमबार बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको हो ।

आक्रन अग्नी नियन्त्रण बिभागले बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएका छन । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर संख्यामा बिहान १२ः५० मा आगो लागेको हो ।

विभागका अनुसार आकस्मिक कामदारहरुले उनीहरुका छिमेकी र नातेदारहरुले त्यहा पुगे पछि परिवारका सदस्यहरुलाई बाहिर निकाल्ने प्रयास गरेका थिए ।

त्यहाँको शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ । उनीहरु पढ्ने बिद्यालय आर्कन सरकारी बिद्यालयका प्रवक्ताका अनुसार ५ बर्ष,११ बर्ष र १६ बर्षका बिधार्थीको निधन भएको जनाएका छन ।

बिद्यालयले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ । नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरु बस्थे भनि बताएका छन् ।

छिमेकि जिन हुड्सनले उनीहरु राम्रा मानिसहरु थिए भनिन । अन्य ४ जनालाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । घाइतेहरुलाई छिमेकीहरुले घटनास्थलमै उपचार गर्ने पनि प्रयास गरेका थिए ।

आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिका सहित करिव ६० बर्षिय पुरुष तथा ४८ बर्षिय महिलाको निधन भएको बताए । उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनी भएको बताईएको छ ।

उनका नातेदार यम सुब्बा भने व्यक्ति कोलम्बसबाट आर्कन आएका छन् । सोमबार आगजनी हुँदा छिमेकी र नातेदारहरु त्यहा अगाडी भेला भएका मध्ये यम सुब्बा एक थिए । उनले आफ्नो पिताको निधन भएको जानकारी दिएका छन् ।
के कारणले आगजनी भयो भन्ने बारेमा पत्ता लगाउन कोसिस गरि रहेको समाचार स्थानिय पत्रिका बिकोन जर्नल डटकमले लेखेको छ ।

सुब्बाका अनुसार उनका निधन भएका पिताले आर्कनमा उक्त घर केवल ६ महिना अगाडी मात्र किनेको बताए । उनि पनि त्यहाँ केहि बर्ष बसेको र बाबुल सौतिनी आमा र ३ जना सन्तानहरुसंग बस्ने जानकारी दिएका छन् ।

यसै गरी आरोन सुहांगका अनुसार उनका पर्ने काकाका छोराछोरी (दाजुभाई तथा भतिज उक्त घरमा बस्ने गरेको बताए । उनीहरु त्यहाबाट अन्य स्थानमा सर्ने भनेर प्रतिक्षा गरि रहेको बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.