राजनीति

प्रतिपक्ष नाराबाजीमा, सत्तापक्ष बजेटको छलफलमा

पार्टीले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेर सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सघाएको आरोप लगाउँदै संसद अबरुद्ध गर्दैआएको प्रमुख विपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी सुरु गरेको छ ।

एमालेका सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक अघि बढाउनुभएको छ । एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहनुभएका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको छ ।

बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले सुरु गरेको नाराबाजी अहिले पनि जारी छ भने बजेटमाथि सामान्य छलफलसंगै पारित गरिएको छ ।

पूर्व तयारी अनुसार नै अर्थमन्त्री शर्मा सुरुमै रोष्टममा बसेर प्रस्ताव पेश गरेको र छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्रै आफ्ना भनाइ राखेपछि प्रतिस्थापन विधेयक प्रस्तावलाई पारित गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.