राजनीति

चुनावलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष थापाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष थापाले सङ्गठन केन्द्रित भएर आगामी निर्वाचनलाई ध्यानमा राखी जिल्लाजिल्लामा साङ्गठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले सोमबार केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाएको अनौपचारिक बैठकमा थापाले सो निर्देशन दिनुभएको हो ।

बैठकमा अध्यक्ष थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिनुभएको छ । अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिनुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बद्र्धनवादको विचारलाई स्थापित गर्न सबैले आआफ्ना ठाउँबाट योगदान दिनुपर्ने औंल्याउनुभयो ।

बैठकमा पार्टी नेता दीपक बोहोरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, निरञ्जन थापा, भाष्कर भद्रा, चन्द्रबहादुर गुरुङलगाय ७५ केन्द्रीय सदस्यको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.