गुटबन्दी अन्त्य गर्ने ओली-प्रचण्डको योजना यस्तो छ (प्रतिवेदनको पूर्णपाठ)
प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्ने अडानमा रहेका अर्का अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको संघर्ष अन्ततः दुई अधयक्षको मिलापत्रबाट टुंगिएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि दुई अध्यक्ष रहेको नेकपामा शीर्ष नेताहरुबीच शक्ति संघर्ष यस्तो बेलामा चलेको थियो जतिबेला प्रधानमन्त्री ओली भारतको आँखाको तारो बन्न पुग्नुभएको थियो । भारत अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरेपछि भारत चिढिएका बेला ओलीको राजीनामाको माग हुन थालेको थियो ।
यसलाई लिएर प्रधानमन्त्री ओलीले भारतको इशारामा नेकपाकै नेताहरु आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको आरोप लगाउँदै दुबै पदबाट राजीनामा नदिने अडानमा रहनुभयो ।
अन्ततः पार्टी विभाजनको संघारमै पुगेपछि विवाद मिलाउन गठन गरिएको कार्यदलले दिएको सुझाव प्रतिवेदनलाई टेकेर अधयक्षद्वयले पार्टीको कामलाई मिलेर अगाडि बढाउँदै सरकारको काम प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभभयो र पार्टी विवाद साम्य भयो ।
गत शुक्रबार समपन्न स्थायी कमिटी बैठकले पारित गरेको अध्यक्षद्वयको प्रस्तावलाई अन्तरपार्टी निर्देशन गर्दै उहाँहरुले सो प्रतिवद्धता जनाउनुभएको हो । दुई अध्यक्षको प्रतिवेदनमा पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता र योजना उल्लेख गरिएको छ ।
दुई अध्यक्षले तयार गर्नुभएको प्रस्तावमा भनिएको छ, “आन्तरिक विवादलाई कटूतापूर्ण र यदाकदा शत्रूतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिनेजस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।”
Oli-Prachanda Document CPN
प्रतिक्रिया राख्नुहोस्