दीपेन्द्रको शब्द र समीक्षाको स्वरमा जीवनको रेल (भिडियोसहित)
जापानलाई कर्मथलो बनाएर सिर्जनामा तल्लिन गीतकार दीपेन्द्र अधिकारीले गायिका समीक्षा अधिकारीको साथमा ‘जीवनको रेल’ शीर्षकको गीत सार्वजनिक गर्नुभएको छ ।

दीपेन्द्र अधिकारीको शब्द र सिडी विजय अधिकारीको संगीतमा समीक्षा अधिकारीले स्वर दिएकी जीवनको रेलको सङ्गीत संयोजक राजु कार्कीले गर्नुभएको छ भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गीतकार राजकुमार बगरको रहेको छ ।
विगत केही समययता अनेक विवादका कारण सांगीतिक क्षेत्रबाट नै पलायन हुने अवस्थामा पुगेकी अधिकारीको मानसिक अवस्थालाई बुझेर सर्जक दीपेन्द्रले सो गीत रचना गर्नुभएको हो ।
दीपेन्द्रले यो गीत सिर्जना गर्नुको कारण बताउँदै समीक्षा अधिकारीको मानसिक तनावबाट गुज्रिरहेका बेला आफ्नो छोरीको उमेरकी र पोखरेली भएका नाताले भावनात्मक रुपमा जोडिएको बताउनुभएको छ ।
डिए क्रियशनको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको गीतको म्यूजिक भिडियो सिलौटो कटेज अनामनगरमा गरिएको छ भने यसको निर्देशन, छायांकन र सम्पादन वीरेन्द्र भाट विपिनले गर्नुभएको छ भने गीतमा गायिका समीक्षाको अभिनय छ ।
गीतका शब्दले समीक्षाको जीवनको त्यो दुई वर्षको पाटोको झल्को दिन्छ । सानै उमेरमा चर्चा र लोकप्रियताको शिखरमा पुगेकी समीक्षाले भोग्नुपरेको त्यो पीडालाई शब्द, संगीत, गायकी र अभिनयले अरु परिस्कृत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्