राजनीति

कोरोनाको गम्भीर लक्षण देखिएपछि महामन्त्री डा. शाशंक कोइराला आइसीयूमा भर्ना

केही दिन अघि कोरोना संक्रमणको पुष्टि भएर घरकै आइसोलेसनमा बसिरहनुभएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोइरालामा कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि चावहिलस्थित ओम अस्पतालको आइसीयूमा भर्ना गरिएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गरी केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा रहनु भएका कोइरालालाई निमोनिया देखिए पछि ओम अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीका अनुसार डा. कोइरालालाई डा. विश्वनाथ कोइरालाको टोलीले उपचार गरिरहेको र स्वास्थ्य अबस्था स्थिर रहेको बताइएको छ ।

सम्बन्धित खबर

Back to top button