राजनीति

घरमा जलाएर खरासी घसेर हिँडेका मान्छेलाई किन एमालेमा बोलाउने ?

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको भ्रममा परेर उता लागेका सबैलाई एमालेमै फर्कन आव्हान गर्नुभएको छ । उहाँले माधवकुमार नेपालले आफ्नै घरमा आगो बालेर घरानी घसेर निस्केको आरोप लगाउँदै त्यस्ता मान्छेलाई पार्टीमा फर्कनुस् नभन्ने समेत बताउनुभयो ।

बिहिबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले तीन वर्ष आफ्नो नेतृत्वको सरकार रहँदा सरकारको बिरुद्धमा प्रतिक्रियावादीभन्दा चर्को बोलेको भन्दै त्यस्ता मान्छेको एमालेमा कुनै काम नभएको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले उहाँभन्दा अघि बोल्नुभएकी एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गर्नु भएपछि सो टिप्पणी गर्नुभएको हो ।

नेपालको आलोचना गर्दै ओलीले भन्नुभयोे, ‘जहिले पनि रोष्टममा उभिएपछि गीत गाउने ‘डुंगा डुब्न लाग्यो, लौन कोही बचाइ देऊ ।’ कम्युनिस्टको दुई तिहाईको सरकार छ, सातमध्ये ६ वटा प्रदेशमा सरकार छ । अनि डुंगा चाहिँ डुब्न लाग्यो र, कसको डुंगा डुब्न लाग्यो ?’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.