क्रिकेटखेल

एसीसी एसिया कपमा भारतमाथि बंगलादेशको रोमान्चक जित 

एसीसी एसिया कपमा बंगलादेशले भारतलाई पराजित गरेको छ । शुक्रबार भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतमाथि ६ रनको रोमान्चक जित हासिल गरेको हो ।

एसीसी एसिया कप

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान शाकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय पारी खेले भने  टोहिद हृदयले ८१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए ।

त्यस्तै नसुम अहमद ४४ र मेहदी हसनले २९ रन जोडे । भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए भने मोहम्मद सामीले २ विकेट लिँदा रविन्द्र जडेजा, अक्सर पटेल र प्रसिद्ध कृष्णको भागमा समान १-१ विकेट रह्यो ।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रन बनाएर अलआउट भयो । भारतका लागि ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्काको सहयोगमा १२१ रनको शतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अक्षर पटेलले ३४ बलमा ४२ र सुर्यकुमार यादवले ३४ बलमा २६ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने तन्जिम हसन र महिदी हसनले समान २-२ विकेट लिँदा शकिब अल हसन र मेहदी हसन मिराजको भागमा समान १-१ विकेट रह्यो । बंगलादेशले एसिया कपको सुखद अन्त्य गरेको छ भने हारका बाबजुत भारत विजेताको रुपमा फाइनल पुगेको छ ।

अब उपाधिको लागि आइतबार भारतले श्रीलंकाको सामना गर्नेछ । बिहीबार पाकिस्तानलाई पराजित गरि श्रीलंकाले फाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.