राजनीति

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रियसभा

विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । सांसद डा बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ । राईको समर्थकमा सांसद सुरेशकुमार आलेमगर हुनुहुन्छ ।

विधायन व्यवस्थापन समितिकै सभापति पदमा सांसद तुलसाकुमारी दाहालको पनि उम्मेदवारी दर्ता भएको छ । दाहालको समर्थक र प्रस्तावकमा क्रमशः सांसद आनन्दप्रसाद ढुङ्गाना र सांसद भगवती न्यौपाने हुनुहुन्छ । समितिको सभापतिमा यसअघि पनि राई नै हुनुहुन्थ्यो ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

शर्माको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरिमां) र समर्थकमा सांसद नरबहादुर विष्ट रहनुभएको छ । उहर्मा यसअघि पनि समितिको सभापति हुनुहुथ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.