जापान

ढोरपाटन बाढी पहिरो प्रभावितलाई बिहुकोट समाजद्वारा सहयोग हस्तान्तरण

बिहुँकोट समाज जापानले बाग्लुङ जिल्ला ढोरपाटन नगरपालीका बोबाङमा हालै गएको बाढी पहिरोबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ । समाजले गरेको सहयोग अभियान अन्र्तगत संकलन भएको रकम बिहुँकोट समाजका पदाधिकारी मार्फत ढोरपाटन नगरपालीका मेयर देबकुमार नेपालीलाई हस्तान्तरण गरेको हो ।

बिहुँकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपालका अनुसार जापानमा संकलन गरिएको दुई लाख एकाउन्न हजार नगद हस्तान्तरण गरेको हो । जापानमा समेत कोरोना कहर बीच बाढी पहिरो पीडामा परेका परिवारलाई नगरपालिका मार्फत गाँस र बासको व्यवस्थाका साथै घटनामा परी मृत्यु भएका परिवारलाई राहतमा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुमा समाजले धन्यवाद ज्ञापन गरेको छ ।

साथै बाढी पहिरोमा परि तमानखोला गाउँपालीका मा दुईजनाको मृत्यु भएकोमा रु वीसहजार नगद सोही गाँउपालीकाका अध्यक्ष जोकलाल बुढालाई र निसिखोला गाँउपालीका बाड नं ७ मा पहिरामा परि चार जनाको मृत्यु भएकोमा ४०,००० नगद वडा अध्यक्ष तेजेन्द्र बिक्रम कुँवरलाई हस्तान्तरण गरिएको हो।

साथै काठेखोला गाउपालिका वडा नं ६ को फापर चौरमा मृगौला पीडित तारानाथ कँडेलका बुबालाई समाजले बुधबार एक लाख दशहजार नगद एक समरोहका बीच हस्तान्तरण गरिएको छ ।

सम्बन्धित खबर

Back to top button