राजनीति

खुल्यो समाजवादीको पार्टी कार्यालय, भाडा मासिक ३ लाख २५ हजार

माधवकुमार नेपाल नेतृत्वको नवस्थापित पार्टी नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय औपचारिक रुपमा स्थापना भएको छ ।

आज पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुको उपस्थितिमा अध्यक्ष नेपालले उदघाटन गर्नुभएको हो ।

काठमाडौंस्थित मिनभवनमा मा स्थापना गरिएको पार्टी कार्यालयको घर भाडा मासिक तीन लाख २५ हजार रुपैयाँ रहेको छ । १५ वटा कोठाहरु रहेको चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button