राजनीति

भ्रामक समाचार प्रकाशन गरेको भन्दै सिके राउतद्वारा तीन ठाउँमा उजुरी

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले एक अनलाइन संचार माध्यमले आफू र आफ्नो श्रीमतीका विषयलाई लिएर भ्रामक र तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै तीन निकायमा एकसाथ उजुरी दिनुभएको छ ।

डा. राउतले आफू र पत्नी सोनी सिन्धु रानीको पारिवारिक विषयमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै शीर्ष खबर प्रालिबिरुद्ध जिल्ला अदालत काठमाडौ, साइबर व्यूरो र प्रेस काउन्सिलमा उजुरी गर्नुभएको हो ।

जिल्ला अदालत काठमाडौंमा उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा र श्यामकुुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र दर्ता गरिएको छ ।

विपक्षले प्रकाशित गरेको विषय अदालतमा दर्ता गरेको आफ्नो व्यक्तिगत विषय भएको राउतले उल्लेख गर्दै डा. राउतले परस्त्रीसँग सम्बन्ध राखेको, पटक पटक रंगेहात फेला परेको भनी आएका समाचार झुठ, बनावटी मात्र नभइ आफ्नो मानप्रतिष्ठामा खलल पुर्‍याएको दर्ता गरिएको फिरादपत्रमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.