राजनीति

जेनेभामा ग्रेटर नेपालले उठायो जयसिंह धामीको मुद्दा

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४८ औं सत्रको समानान्तर कार्यक्रमलाई सम्बोधन गर्दै इन्डियाले जयसिंह धामीको हत्या गरेको, सैनिक हेलिकप्टर नेपालको आकाशमा उडान गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्‍याएको र नेपालको करिब ६०००० वर्ग किलोमिटरभन्दा बढी जमिन उपनिवेश बनाएको आरोप लगाएका छन् ।

नेपाल विरुद्ध इण्डियाको हैकमी डिजाइन विषयमा भएको जूम वेबिनारमा उहाँले दार्चुलाका जयसिंह धामीको हत्या इन्डियाको एसएसबीले तुइनको लट्ठा खोलिदिएका कारणबाट भएको र यसबाट मानवअधिकारको चरम रूपमा हनन भएको कुरा जोडदार रूपमा उठाएको बताउनुभएको छ ।

जानीजानी मान्छे मार्ने अपराध गरेर इन्डियाले मानवअधिकारको खिल्ली उडाएको भन्दै नेपालले जयसिंह धामीको परिवारलाई हालसम्म कुनै क्षतिपूर्ति नदिएको उल्लेख गर्नुभएको छ ।

साथै नेपालले इन्डियाले नेपालको जमिनमात्र मिचेको होइन नेपाली आकाशमा समेत अनधिकृत रूपमा प्रवेश गरेर नेपालको सार्वभौमसत्ताको सम्मान नगरेको र नेपाली सेनाको ब्यारेकमाथि सैनिक हेलिकप्टर उडाएर सैनिक आतङ्क मच्चाउन खोजेको आरोप पनि लगाउनुभएको छ ।

नेपालले उक्त कार्यक्रममा ग्रेटर नेपालको आवाज पनि उत्तिकै प्रमुखताका साथ उठाएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.