जापान

‘जापान नेपाली मेडिकल एसोसियसन’ गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आयोजना गरेको पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलनले ‘जापान-नेपाली मेडिकल एसोसियसन’ गठन गरेको छ ।

प्रवासी स्वास्थ्य सरोकार सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने घोषणाका साथ जापानको टोकियोमा सम्पन्न ग्लोबल हेल्थ कमिटी एनआरएनए र एनआरएनए जापानको आयोजना र जापानका लागि नेपाली दूतावास टोकियोको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो ।

विश्व सम्मेलनले १९ बुँदे टोकियो नेपाली स्वास्थ्य घोषणा जारी गर्नुका साथै डा लुसन चालिसेको संयोजकत्वमा जापान नेपाली मेडिकल एसोसियसन समेत गठन गरेको छ ।

सबै नेपालीहरूका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन मिलेर काम गर्नुपर्ने आवश्यकता बोध गरी विश्वव्यापी रूपमा छरिएर रहेका नेपाली स्वास्थ्यकर्मीहरुकोा सञ्जालमा आबद्ध हुने लक्ष्यसहित एसोसियसनको गठन गरिएको बताइएको छ ।

एसोसिएशनको संयोजक चयन भएपछि डा. चालिसेले एनआरएनए जापानले अहिलेसम्म स्वास्थ्यका क्षेत्रमा गरेका काम र जापानमा रहेका नेपाली स्वास्थ्यकर्मीले गरेका काम हालसम्म सीमित भएकाले यसलाई तीब्रगतिमा अघि बढाउन चाहेको बताउनुभयो ।

सम्मेलनमा नेपालीको स्वास्थ्यमा सरोकार राख्ने नेपाल बाहिर र नेपाल भित्रका स्वास्थ्यकर्मी, सरोकारवाला, संस्था, अन्तर्राष्ट्रिय एजेन्सीहरुको सबैभन्दा ठूलो भेलाको रूपमा रहेको उक्त सम्मेलनमा विश्व भरिबाट ३० वटा विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत भएका थिए ।

नेपाली समुदायको स्वास्थ्य सुनिश्चित गर्नका लागि सम्मेलनले स्वास्थ्य सेवामा संलग्नहरूलाई एकसाथ ल्याउने, जसले स्वास्थ्य, चिकित्सा र शल्य चिकित्सा स्वास्थ्यकर्मी,नर्सहरू, सार्वजनिक स्वास्थ्यकर्मीहरू, चिकित्सा हेरचाह विशेषज्ञहरू, प्यारामेडिकहरू, नीति निर्माताहरू, वैज्ञानिकहरू, सम्बद्ध स्वास्थ्य सेवाकर्मीहरू, स्वास्थ्य अधिवक्ताहरू र अन्य पेशाहरूसँगको व्यवस्थापनमा सहयोग पुर्याएको आयोजकले बताएको छ ।

सम्मेलनमा वैज्ञानिक पेपर प्रस्तुतीकरण, कार्यशाला, सीप निर्माण सेमिनार, नीतिगत छलफल, घोषणापत्र, प्यानल छलफल, विद्यार्थी फोरम, पूर्व विद्यार्थीहरूको पुनर्मिलन आदि समावेश कार्यक्रमहरू र गतिविधिहरू समावेश गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.