जापान

नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबद्वारा खाद्यसामग्री वितरण

नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले कास्कीको हेम्जा यामदीस्थित पेमा छाल शाक्य गुम्बाका झण्डै १०० जना भिक्षु बिद्यार्थीहरुका लागि खाद्य सामग्री वितरण गरेको छ । संस्थाका कार्यक्रम संयोजक सुनिल हिराचनले एक कार्यक्रमबीच कोरोना प्रभावितहरुका लागि राहत स्वरुप खाद्य सामग्री बितरण गर्नु भएको हो ।

शान्तिका अग्रदुत भगवान बुद्धमा बिश्वास गर्ने जापानी नागरिकहरु कोरोना राहतको शुरुवाती सहयोग बौद्ध भिक्षु बिद्यार्थीहरुलाई खाद्य सामग्री वितरण गरिएको र निकट भबिष्यमा यस्ता कार्यक्रम सामुदायिक बिद्यायलहरुमा संचालन गर्ने योजना रहेको संस्थाका अध्यक्ष राजेन्द्र थापाले ब्यक्त गर्नु भएको छ ।

संस्थाका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोले पनि कोरोनाको कारणले आफू नेपाल जान नसके पनि नेपाली विद्यार्थीका लागि गर्दै आएको बिभिन्न शैक्षिक सहयोगहरु निरन्तरता दिइने जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.