जन सरोकार

दुई वर्षअघिकै जस्तो राज्य आतंक मच्चिनसक्ने भन्दै डा. गोविन्द केसी काठमाडौं आउने

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै जुम्लामा १९ औं आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसी काठमाडौं आउने र यहीं आएर सत्याग्रहमा बस्ने हुनुभएको छ ।

अनशनका क्रममा स्वास्थ्य विग्रिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत डा. गोविन्द केसीले सोमबार एक विज्ञप्ति जारी गरी आफ्नो अनशनका क्रममा दुई वर्षअगाडिको घटना घट्नसक्ने सम्भावना रहेको भन्दै काठमाडौं फर्कन तयार हुनुभएको एक विज्ञप्तिमार्फत बताउनुभएको छ ।

डा. केसीद्वारा जारी विज्ञप्तिमा “दुई वर्ष गाडि सत्याग्रहमा रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले आतंक फैलाउँदै तोडफोड गरेको र अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म पहिलेकैजस्तै पात्रहरु पदमा रहेको भन्दै हिंसा र आक्रमण नहोस् भनेर सत्याग्रह बस्ने ठाउँ सार्न लागेको” जनाइएको छ ।

डा. केसीको विज्ञप्ति

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन । बरु उल्टै रातारात अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको छ ।

दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं । यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं । साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं ।

डा गोविन्द केसी

जुम्ला

२०७७ असोज ५

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.