राजनीति

राष्ट्रपतिबाट ‘हिमचितुवा’को निधनमा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व कीर्तिमान नेपाली पर्वतारोही आङरिता शेर्पाको असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । सोमबार अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।

शेर्पाले बनाएको बिनाअक्सिजन दस पटक आरोहणको विश्व कीर्तिमानलाई अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि उहाँले सो प्रस्ताव अस्वीकारा गर्नुभएको थियो ।

आङरिताका तीन छोरा र एक छोरी छन् । जेठा छोरा कर्साङ आरोहण पेसामै छन् । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा र कान्छा छोरा फुरानुरु खुम्बुमै चौंरीपालन गरेर बसेका छन् । आङरिता छोरी डोमासंगै काठमाडौंको जोरपाटीमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.