जन सरोकार

फेवातालको बीच भागमा अलपत्र परेका दुईजनाको एपीएफ टोलीद्वारा उद्धार

APF Fewa Rescue Team
फाइल फोटो

पोखराको फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ । पोखरा महानगरपालिकाको वडा नं २२ बस्ने ३० वर्षीय हर्कबहादुर विक र ३५ वर्षीय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण तालको बीच भागमा अलपत्र परेको थियो ।

APF Fewa Rescue Team

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।

यसैबीच सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ कुसुन्डी स्थित सीमा ईलाकाबाट असोज ४ गते एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३२ वर्षिय पशुपतिकुमार यादव र २१ वर्षिय ओमप्रकाश यादवलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कुसुन्डीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

स ७ प २४४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुले बोराभित्र लुकाई छिपाई  ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला निजहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

उता रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका १ स्थित सीमा ईलाकाबाट असोज ५ गते एपीएफ टोलीले करीव तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको मटर तथा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको चिनी र मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.