डा. केसीमाथि सरकारको अत्याचार- गिरफ्तार शैलीमा जवर्जस्ती ट्रमा सेन्टर पुर्याइयो
जुम्लामा अनशनरत रहेको अवस्थामा त्यहाँ सरकारी धरपकड हुने आशंका जनाउँदै जनधनको क्षति नहोस् भन्दै काठमाडौं आउनुभएका डा. गोविन्द केसीलाई प्रहरीले विमानस्थलबाटै अपराधीलाई गिरफ्तार गरे जसरी राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको छ ।
नेपालगञ्जबाट ११ः१५ बजेको फ्लाइटमा काठमाडौं आउनुभएका केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको थियो तर विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले सोही एम्बुलेन्समा राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो ।
जहाजबाट उत्रेका डाक्टर केसीलाई शिक्षण अस्पतालबाट पठाइएको एम्बुलेन्समा राखियो । उक्त एम्बुलेन्सका चालक मिठराम थापा अस्पताल प्रशासन प्रमुख माधवप्रसाद घिमिरेले डाक्टर केसीलाई शिक्षण अस्पताल ल्याउनु भनेपछि आफू एम्बुलेन्स लिएर विमानस्थल पुगेका थिए ।
जब डाक्टर केसीलाई एम्बुलेन्समा राखियो विमानस्थल गेटबाट बाहिर लागेपछि म टिचिङ नै जाने हो भन्नुभएको थियो तर प्रहरीहरू मानेनन्, जबरजस्ती ट्रमा सेन्टर लैजाने भनिरहे । तब त्यहाँ प्रहरीहरू पनि बसे । विमानस्थल गेटबाट केही अगाडि पुगेपछि थप प्रहरी एम्बुलेन्समा चढे ।
केसीका सहयोगी प्रितम सुवेदीले केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताए । केसीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लगिएको छ । ट्रमा सेन्टरमा अहिले वीर अस्पतालबाट हुने सबै उपचार सेवा प्रदान भैरहेको छ ।
स्मरणीय के छ भने आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरी गत वर्ष अवकाश लिनुभएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्