जल/वातावरण

थप १ हजार ३५६ जनामा कोरोना पुष्टि- संक्रमित हुनेको संख्या ६६ हजार ६ सय ३२

नेपालमा मंगलबार थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसीआर परीक्षणमा सो संख्यामा संक्रमित थपिएको र हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

त्यस्तै सोही अवधिमा जना कोरोनाबाट ८ सय २३ मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ र कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १८ हजार १४२ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार १४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार १७१ जना छन् । देशभर संक्रमित भएर आइसीयूमा रहेर २२३ जनाले उपचार गराइरहनुभएको छ भने भेन्टिलेटरमा ३७ जना पुगेको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित खबर

Back to top button