राजनीति

आज मन्त्रिपरिषद् विस्तारको तयारी

नयाँ सरकार गठन भएको साँढे दुई महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेर आलोचना खेपिरहेको सत्तारूढ गठबन्धनले अब भने मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

मंगलबार बसेको गठबन्धन बैठकले सम्भवतः आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो । यस सम्बन्धमा बुधबार पुनः गठबन्धनको बैठक बस्ने छ । बैठकमा विशेष गरी सरकार विस्तारका विषयमा नै छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

गठबन्धनले मन्त्रिपरिषद् विस्तारका बारेमा खाका तयार पार्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले आवश्यक छलफल गरी मन्त्रिपरिषद्मा कुन दलले के कति सदस्य लिने भन्ने बारेमा एउटा खाका तयार पारेको छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.