खेलफूटबल

एसियाली खेलकुद महिला फुटबल : नेपाल भियतनामसँग पराजित

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ ।

चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो ।

भियतनामको जितमा फाम हाइ एन र न्यूगेन थि बीच थुइले समान एक÷एक गोल गरे । खेलको ५३ औँ मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन ।

त्यस्तै खेलको ६४ औँ मिनेटमा थि बीच थुइले एक गोल थप्दै आफनो टोलीको जित सुनिश्चित गरिन् । नेपालले अब आफनो दोस्रो खेल जापानसँग यही असोज ८ गते खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.