जन सरोकार
जिल्ला प्रहरी कार्यालयबाट आठजना थुनुवा फरार
जिल्ला प्रहरी कार्यालय धनुषाले लागूऔषध कारोबारको अभियोगमा पक्राउ गरी थुनामा राखेकामध्ये आठजना थुनुवा प्रहरी हिरासतबाट फरार भएका छन् ।

समाचार अनुसार पक्राउ परेका नौजनामध्ये आइतबार राति थुनुवाकक्षको भेन्टिलेशन फोडेर ८ जना फरार भएकामा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एकजना नाबालक रहेका छन् ।
फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठजना थुनुवा हिरासतबाट भागेको सुनेको र यस विषयमा बझ्न जिल्ला प्रहरी कार्यालय जान लागेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्