जन सरोकार

सैनिक वार कलेजका शिक्षार्थीहरु सशस्त्र प्रहरी हेडक्वाटर पुग्दा

नेपाली सेना सैनिक वार कलेजमा संचालित ‘सिसं ३ अल आम्र्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अलोकन गरेका छन् ।

बिहिबार कलेजका शिक्षार्थी अधिकृतहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल नेपालबारे विविध जानकारी लिएका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल नेपाल राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा कार्यक्षेत्रमा निरन्तर क्रियासिल रहिरहेको उल्लेख गर्नुहुँदै जिम्मेवारी निर्वाहको क्रममा नेपाली सेना लगायत सम्वद्ध अन्य निकायहरुसँग समेत समन्वय तथा सहकार्य गर्दै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सुरक्षामा कटिवद्ध भई अहोरात्र परिचालन भईरहेको बताउनुभयो ।

उहाँले यस खालका अवलोकन तथा भ्रमणले कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुुहुँदै शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतका कार्यहरुमा सम्वद्ध सबैको समन्वय तथा सामुहिक प्रयासले महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भविष्यमा समेत समन्वय, सहकार्य र यस्ता भ्रमण निरन्तर रुपमा संचालन हुने विश्वास व्यक्त गर्नुहुुँदै शिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले उक्त तालिमका डाईरेक्टिङ्ग स्टाफ प्रमुख सेनानी जितबहादुर लामालाई मायाको चिनो प्रदान गर्नुभयो ।

भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालबारे राखेको विविध जिज्ञासाबारे सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले प्रष्ट पार्नुभयो ।

सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, परिचालनका क्षेत्रहरु, सांगठानिक संरचना, सुरक्षा चुनौती लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत सशस्त्र प्रहरी उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी गराउनुु भएको थियो ।

त्यस अवसरमा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गर्नुका साथै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रिय आदेश कक्षको कामकारवाही तथा हाल प्रयोगमा ल्याईरहेको सूचना तथा संचार प्रविधिबारे समेत जानकारी हासिल गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.