कला/मनोरन्जनकलिउड

“शरदले विवाह गर्छौ भने, मैले गर्छु भने”

लोकप्रिय गायिका इन्दिरा जोशीको विवाहका विषयमा धेरै चर्चा र चासो विगतदेखि नै चलिरहेको थियो । यसबीचमा उनले एकाएक शरद केडियासंग इङ्गेजमेन्ट गरेको समाचार र तस्वीर सार्वजनिक भयो ।

लामो समयदेखि इन्दिराको प्रेममा रहेका शरदले उनलाई हेलिकोप्टरमा खुम्बु लिएर गएका थिए र त्यही विवाहको प्रस्ताव राखेर औंठी लगाइदिएका थिए । शरद फेशन डिजाइनर हुन् र इन्दिरा २ वर्षदेखि उनको प्रेममा रहेको बताइन्छ ।

आफूले शरदसंग विवाह गर्न लागेको जानकारी दिंदं उनले फेसबुकमा लेखेकी छ्न्.. “उनले तिमी मसंग विवाह गर्छौ भनेर सोधे मैले भने गर्छु । यसपछि म तिमीलाई माया गर्छु र म सदा तिम्रो माया डुबिरहन चाहन्छु ।” भनेर लेखेकी छिन् ।

इन्दिराको विना चर्चा भएको इङ्गेजमेन्टको खबर फेसबुकबाट जानकारी दिएपछि विविध टिप्पणी भएका छन् । कतिपयले शुभकामना र बधाई दिएका छन् भने कतिपयले अरुको नक्कल भन्दै आलोचना गरेका छन् ।

एउटा टिप्पणी यस्तो छ… “आज मस्ती भोलि रिमा विश्वकर्मा जस्ती नहोस है नेपाली संस्कारमा विवाह एक पवित्र बन्धन हो । जुनि जुनि हुनुपर्छ । नाटक र नौटंकी नगरी चुपचाप बिहे गर । प्रियंका कार्कीको नौटकी देखेर वाक्क लागेको बेला फेरि तिम्रो पालो आएछ । शुभकामना”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button