जन सरोकारस्वास्थ्य

मुगु अस्पताललाई ब्याक टु लाइफको सहयोग

मुगु जिल्ला अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था मानवअधिकार वातावरण तथा विकास केन्द्रमार्फत्क अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शनिबार सम्पन्न एक कार्यक्रममा तीस्वास्थ्य सामग्री जिल्ला समन्वय समितिका प्रमुख पूर्णवहादुर रोकाय र मुगु जिल्लाका प्रमुखजिल्ला अधिकारी चन्द्रवहादुर शिवाकोटीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल, प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेल र साझेदार संस्थाका अध्यक्ष राजु कार्कीद्वारा हस्तान्तरणगरिएको हो ।

संस्थाले पोर्टेबल एक्स-रे मेशिन १ थान, बेन सर्किट्स १० थान, पोर्टेबल युएसजी मेशिन १ थान, इनफ्युजन पम्प १ थान, सिरिन्ज पम्प १ थान र प्यासेन्ट मोनिटर ५ थान प्रदान गरेको छ ।

कोभिड–१९ एवं गम्भिर प्रकृतिका रोग र शारिरिक समस्याको उपचार तथा व्यवस्थापनमा सहयोग हुनेकरिब रु २५ लाख बराबरका यी स्वास्थ्य सामग्री आजै हस्तान्तरण गरिएको हो ।

ब्याक टु लाइफलेह्रेन्डेक संस्थामार्फत् मुगु अस्पतालमा निकट भविष्यमै करिब रु ८० लाखको लागतमा अक्सिजनप्लान्ट जडान गर्ने र त्यसको लागि साझेदार संस्था मार्फत् खरिद प्रकृया सुरु भइसकेको कुराहस्तान्तरण कार्यक्रममा ह्रेन्डेकका अध्यक्ष राजु कार्कीले जानकारी गराए ।

जिल्ला अस्पतालका प्रमुख ज्ञानसिं बूढाले अस्पताललाई अत्यावश्यक सामग्री प्रदान गरिएकोमाखुसी व्यक्त गर्दै यी सामग्रीको यथोचित प्रयोगले मुगुका जनताले स्तरीय स्वास्थ्य सेवा पाउनेजानकारी गराए ।

ब्याक टु लाइफ जर्मन आइ एन जी ओ हो । यस संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्यर सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

ब्याक टु लाइफले मुगु जिल्लामा विद्यालय भवन निर्माण, बर्थिंग सेन्टर निर्माण तथा संचालन, ग्रामिणखानेपानी, स्कुल शिक्षा छात्रवृति, विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्य शिविर आदि कार्यक्रमसंचालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.