राजनीति
राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्